संखुवासभामा खोलामा डुबेर एकको मृत्यु , एक बेपत्ता

Posted on: 04 Oct, 2016

असोज १८, संखुवासभा । जिल्लाको  लेख्सुवा खोलामा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएकी छिन्। पावाखोला(३ दिमा बस्ने तुलाराम तामाङको छोरी १५ बर्षिय सुनमाया तामाङ र सोही ठाउँका चतुरमान तामाङको १५ बर्षिय सानुमाया तामाङ गत आइतबार सोही ठाउँका मन कुमार राईको अलैची बगानमा काम गर्न हिडेका थिए।

काम गर्ने ठाउँमा नपुगेपछी स्थानीयले प्रहरी चौकी स्याक्सिलागोलामा खबर गरेपछी घटना स्थलमा प्रहरीको टोली खोजी गर्ने क्रममा सोमबार विहान लेख्सुवा खोलाको किनारमा सुनमाया तामाङको शव भेटिएको हो। उनीसंगै गएकी सानुमाया तामाङको भने खोजीकार्य भइरहेको संखुवासभा प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!