पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा

Posted on: 29 Oct, 2016

कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर्वतले निकट समयमै आयोजना गर्न थालेका कार्यक्रमबारे समेत सहभागीहरुलाई जानकारी गराएको थियो ।
    संघ पर्वतले जिल्लाको व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले पर्वत महोत्सव गर्दै आएको छ । शुभकामना कार्यक्रममा जिल्लाका सभासदहरु अर्जुन प्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई, जिल्लाका उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागीता थियो । कार्यक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उवासंघद्धारा तयार पारिएको डकुमेन्टूी समेत प्रदर्शन गरिएको थियो । डकुमेन्टूी प्रभावकारी नभएको भनी सहभागीहरुले आलोचना गरे ।
    उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले हुँदै गरेको महोत्सवबारे सरोकारवालालाई जानकारी गराएका थिए । उवासंघ पर्वतका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीका अनुसार महोत्सव स्थल छनौटका लागि समिति गठन गरिसकिएको छ । उवासंघको सभाहलमा शुक्रवार भएको कार्यक्रमको संचालन महासचिव ठाकुर विपौडेलले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!