मिलन क्लबद्धारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

Posted on: 30 Oct, 2016

कार्तिक १४ पर्वत । पर्वत मिलन क्लबले आफ्ना दुई आजिवन सदस्यहरुलाई सम्मान गरेको छ । क्लबको विकास र सांस्कृतिक  संरक्षणको लागि उल्लेखनीय योगदान गर्दै आएको र हालपनि सहयोग गरेको भन्दै क्लबले सम्मानपत्र र खादाले सम्मान      गरेको हो ।
    शनिवार क्लबको हलमा भएको कार्यक्रममा क्लबका आजिवन सदस्य ओमकार प्रधान र शंकर लामिछानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
    हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली, छठ, नेपाल संवत् तथा लोसारको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको  आयोजना गरी क्बलले संस्थाका आजिवन सदस्यहरुलाई सम्मान गरेको हो ।
ओमकार प्रधान र शंकर लामिछानेले आफ्ना परम्परादेखि नै चल्दै आएका धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्नको लागि तथा  सांस्कृतिक परम्पराको जर्गेनाको लागि क्रमश १५ हजार र १० हजार बराबरका मादल, बाँसुरी, २ वटा गितार, खैजडी, किवोर्ट लगायतका बाद्यबाद्यनका समाग्रीहरु क्लबलाई सहयोग प्रदान गरेको भन्दै क्लबले सम्मान गरेको हो ।
    कार्यक्रममा सम्मान पाएपछि ओमकार प्रधान र शंकर लामिछानेले क्लबको विकासको लागि आफुहरुले हलपल सहयोग गर्न तयार रहेको बताएका छन् ।उनीहरुले क्लबले विष्गतका बर्षमा  आयोजना गर्ने गरेको जमरा प्रतियोगितालाई निरन्तरता दिनको लागि आफुहरुले सक्दो सहयोग गर्ने समेत बताएका छन् । कला संस्कृतिमा धनि नेपाली र नेपाल त्यसमा पनि विशेष गरी बडादशैमा मात्रै प्रयोग गरीने     जमरा को प्रतियोगिता गरेर विगतका बर्षमा क्लबले संस्कृतिको विकास र प्रबद्र्धनको लागि योगदान पु¥याएको र त्यसलाई निरन्तरा दिनको लागि आफुहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर     गरे ।
    क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले जिल्लाको जेठो र पुरानो क्लब भएकोले पनि जिल्लाको समाजिक, धार्मिक तथा पर्यटकीय विकासको लागि काम गर्दै आइरहेको र निरन्तर सेवा गर्ने बताए ।


उनले पछिल्लो समयमा क्लबलाई केहि आर्थिक सहयोगको अभाव खड्कीन थालेकोले सोचे र भनेजस्ता कार्यक्रमहरु संचालन गर्न नसकेको बताउदै उनले देश तथा विदेशमा रहेका क्लबका सदस्यहरुले सहयोग गरे क्लबले जिल्लाको विकासको लागि टेवाहुने किसिमले कार्यक्रमहरुको आयोजना गर्ने बताए । उनले आजिवन सदस्यहरुले दिएका सांस्कृतिक बाद्यबाद्यनका सामाग्रीहरुको संरक्षण     गरी राख्ने र बेलाबेलामा यसरीनै सहयोग गर्नको लागि पनि आग्रह गरे ।  शुभकामना आदानप्रदान, बाद्यबाद्यनका सामाग्री हस्तान्तरण तथा सम्मान कार्यक्रममा क्लबका सल्लाकार, आजिवन सदस्य, सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन क्लकका सचिव कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । क्लबले जिल्लामा मानविय साहयता, खेलकुद, धार्मिक, पर्यटकीय विकासको लागि निरन्तर रुपमा काम गर्दै आइरहेको छ भने क्लबले ५० औं बशन्त पार गरीरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!