“विश्वास छैन प्रिय तिम्रो ” बोलको अडियो गित सार्वजानिक

Posted on: 31 Oct, 2016

नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने राष्टिय गायक पण्डितको स्वर तथा जुम्लाकै धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको महारानि एल्वमको विश्वास छैन प्रिय तिम्रो बोलको गित रेडियो कर्णाली र रेडियो माउन्टेन एफएमद्धारा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको हो ।   

शब्द संगितकार शाहि र गायक पण्डितले स्वर दिनु भएको प्रिय एल्वमको बसेर पिपल चौतारी बोलको गित पनि यस अघि रेडियो कर्णालीबाट औपचारीक रुपमा सार्वजानिक गरीएको थियो । आज सार्बजानिक गरीएको विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित सार्वजानिकको क्रममा बोल्दै शब्द संगितकार शाहिले लामो समयपछि ढिलै भएपनि निकै उत्कष्ठ तथा स्रोता र दर्शकको मन जित्न सफल गित बजारमा सार्बजानिक गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।     

झण्डै ११ भन्दा बढि गित गाइसक्नु भएका गायक पण्डितले समय सापेक्ष तथा स्रोता, दर्शक र बजारको मागका आधारमा विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित निर्माण गरीएको दावि गर्नुभयो । रेडियो कर्णालीका स्टेशन म्यानेजर गोरख बहादुर थापाले गायक तथा शब्द संगीतकार दुवैजनाको कलाकारीता पेशामा उज्वल भविष्यको कामना गर्दै सार्बजानिक भएको गित सबैले माया गर्नु पर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!