अझै भूकम्प पीडित झुपडीमै

Posted on: 09 Nov, 2016

कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भएपनि बास बनाए तर साथमा गाँठ र पहुँच नहुनेको भने पाल र घरको झुपडीमा बस्नु शिवाय अरु केहि छैन । सरकार राहत बाढ्दै छौ भन्छ भूकम्प पीडितलाई राहतस्वरुप पहिलो किस्ता बापत पैसा पनि वितरण गरेको सुनिन्छ तर पीडितको हातमा भने अझै रकम पुग्न सकेको छैन ।


जिल्लाको बालाकोट ४ कोल्डाडा का ६० बर्षिया हर्क बहादुर अधिकारिको व्यथा यतिबेला चाडो कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको छ । बुढाबुढी सहित पाँच जनाको परिवार बस्दै आएको घर भूकम्पले भत्काइदिएपछि उनीहरु छिमेकीको सहयोगमा गुजरा चलाउँदै आएको बताए । सरकारले राहत वितरण गरेको उनीहरुले पनि सुने शुरुमा १० हजार र दोस्र्रो किस्ता बापत १५ हजार पनि पाए तर सरकारले भूकम्प पीडितलाई घर बनाउनको लागि दिने भनेको रकम भने अझै उनीहरुले पाउन सकेका छैनन् ।


सहाराकर्मी याम परिवार उनको घरमा पुग्दा गहभरी आँसु बगाउदै अधिकारीले  भने “अब घरमा बस्नु त कुरै छोडौ हातमुख जोड्न पनि मुस्किल भएको छ“। ५ छोरा र ३ छोरीका आमाबाबु भएपनि उनका तीन छोराहरु रोजगारको शिलशिलामा भारतमानै परिवारसँग बस्दै आएका छन् भने २ छोरीको विवाह भैसकेको छ ।


काम गर्नसक्ने जति विदेशमा छन्, घरमा काम गर्न नसक्ने त्यसमाथि पाँच जनाको परिवार चलाउनको लागि उनलाई धौधौ भएको छ । भूकम्पले विचल्ली पारेको दुई बर्षसम्म पनि घर बनाउन नसकेपछि उनीहरु निराशमा छन् । भूकम्प पीडितको लागि आवास निर्माणमा ढिलासुस्ती गरेको प्रति निर्धन उत्थान बैंक पर्वतका प्रमुख सुर्य बस्नेतपनि दुखि छन् । सरकारले पीडितलासम्म सहज रुपमा रातह पुरानाको लागि गतिलो नीति निर्माण गर्न नसकेकोले पनि भूकम्प पीडितहरु अझै पनि पालको भरमा बस्न बाध्य भएको उनको तर्क छ ।
जिल्लामा विनासकारी भूकम्पबाट ४ हजारभन्दा बढी घरहरु पूर्णरुपले क्षती भएका छन् भने त्यसको दोब्बरको संख्यामा आंशिक रुपमा क्षती भएका घरहरु छन् ।
सरकारले स्थानीय विकास मन्त्रालयबाट पीडितका घरहरु बनाउनको लागि तयारी गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!