सत्तल निर्माणमा एकताको आर्थिक सहयोग

Posted on: 11 Nov, 2016

कार्तिक २६ पर्वत ।संस्कृति संरक्षणको लागि कुश्मा नगरपालिका ९ स्थित भण्डारीटोलमा निर्माणाधीन सत्तलको लागि सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्ल्वले आर्थिक सहयोग गरेको छ ।
    निर्माणको क्रममा रहेको बहुआयामिक देवी भगवती सत्तलको लागि क्लवले २५ हजार नगद सहयोग गरेको हो ।
    सो रकम क्लवका अध्यक्ष अच्युत तिवारीले सत्तल निर्माण समितिका अध्यक्ष गिरबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् । क्ल्वले यस अघि सोही सत्तलको लागि ५० हजार नगद सहयोग  गरिसकेको उनले जानकारी दिए ।
क्लवका सहयोगी दाता,पदाधिकारी तथा सदस्यहरुको खाजाखर्च कटाएर सहयोग गरेको उनले बताए ।  यो बाहेक क्लवले जिल्लामा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ । २०६४ सालमा स्थापित क्लवले विभिन्न चाडपर्वमा सांस्कृतिक, खेलकुद कार्यक्रमका साथै गरीब बिद्यार्थि र बिद्यालयलाई बिद्यालयमै गएर सहयो ग गर्दै आईरहेको छ ।
आगामी मंसिर २ गतेको विद्यार्थी दिवसको अवसमा क्ल्वले बाग्लुङ्ग  नारायणस्थानको एक प्राथमिक विद्यालयमा ह्वाईट बोर्ड हस्तान्तरण कार्यक्रम समेत आयोजना गरेको क्लवका सचिव गोकुल चापागाईले जानकारी दिए । क्लबले जिल्लाको आन्तरिक पर्यटन प्रर्बद्धन, संस्कृतिक संरक्षण र सम्बद्र्धनका साथै मानविय सायताको क्षेत्रमा समेत काम गदै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!