जुम्लामा नागरीक समाज संजाल गठन

Posted on: 12 Nov, 2016

नन्दराम जैशी/कात्तिक २७, जुम्ला । लामो समयपछि जुम्लामा शुक्रबार राज बहादुर महतको संयोजकत्वमा ११ सदस्यीय आधिकारीक नागरीक समाज संजाल गठन गरीएको छ । 

दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाको सहजिकरणमा आधिकारकि संजाल गठन गरीएको हो । जसमा सर्ब सहमतिद्धारा गठन गरीएको नागरीक समाज संजालको सह संयोजकमा जयकृष्ण आचार्य चयन हुनुभएको छ । संजाल गठनका क्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधिले नव गठित संजाललाइ बधाइ दिएका छन् ।   

 नागरिक समाज राष्ट्रको बलियो किल्लाका रुपमा हेर्ने गरीएको छ । जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार खोज्ने तर कर्तव्य बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गरेको छ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्वपुर्ण कार्य हो । 

राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य रहेको छ । 

भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने नव गठित जुम्लाको नागरीक समाज संजालले प्रतिबद्धता जनाएको छ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँने संजालका सदस्यहरुले बताएका छन् । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडी बढाउने सदस्यहरुको भनाइ छ ।   

 समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजले गर्ने नागरीक समाज संजाल जुम्लाका नव गठित अध्यक्ष राज बहादुर महतले बताउनुभयो । साथै समाजका लागि हित हुने कार्यमा सबै एक भएर लाग्न तथा सहयोग गर्न उहाको आग्रह छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!