नियमित पढाइ नभएपछि विद्यार्थिद्धारा विद्यालय तालाबन्दी

Posted on: 19 Nov, 2016

नन्दराम जैशी/मङ्सिर ४, जुम्ला । लामो समयदेखि विद्यालयमा नियमित पढाइ नभएको भन्दै नेत्र ज्योति मावि हाँकु जुम्लाका विद्यार्थिले शुक्रबारदेखि विद्यालय तालाबन्दी गरेका छन् । 

दशै बिदादेखि हालसम्म विदालयमा झण्डै डेढ महिनाको अवधिसम्म पढाइ संचालन नभएको भन्दै विद्यार्थिले आज विद्यालय तालाबन्दी गरेका हुन् । यहि मंसिर १५ गतेपछि विद्यालयको बार्षिक अन्तीम परीक्षा संचालन हुने समय नजिकिदै गएपछि विद्यालयमा नियमित पढाइ संचालन नहुदाँ शिक्षकहरको ध्यानाकर्षण गर्न विद्यालय तालाबन्दी गर्नु परेको विद्यार्थिको भनाइ छ । 

 छात्र पुरीचन्द्र गौतमले भन्नुभयो, विदालयमा शिक्षकनै आउदैनन् पाठ्यक्रमको आधापनि कोर्ष पढाइ भएको छैन, कसरी परिक्षा दिने, यसले गर्दा अन्य विदार्थि भन्दा एस एलसि दिने विद्यार्थि धेरै मारमा परेका छन् छात्र गौतमको भनाइ छ । दशै यता विद्यालयमा तिन बिषयभन्दा बढि कुनैपनि दिन पढाइ संचालन नभएको बताउदै कक्षा १० मा अध्ययनरत ७५ जना विद्यार्थिहरु ठुलो समस्यामा परेको उहाले बताउनुभयो ।   

 त्यस्तै कक्षा ९ मा अध्ययनरत छात्रा सरीता पाण्डेले पटक पटक विद्यालयमा हाजिर हुने एक÷दुइ जना शिक्षकको ध्यानाकर्षण गराउदाँ अन्य शिक्षहरु उपस्थीत नभएपछि पढाइ संचालनकै लागि विद्यालयमा तालाबन्दी गर्नुका साथै निबेदन सहित विद्यालय प्रशासनलाइ ध्यानाकर्षण पत्र पेश गरेको बताउनुभयो । 

 विद्यालयकै अर्का कक्षा १० मा अध्ययनरत छात्र पदराज पाण्डेले तत्काल आइतबारबाट विद्यालयमा नियमित पढाइ संचालन नभए तालाबन्दी कायम राख्ने र अन्य सरोकारवाला निकायमा ध्यानाकर्षणका लागि धाउने बताउनुभयो । यता विद्यालय प्रशासनले परीक्षा अवधिसम्म कोर्ष पुराहुने गरी तत्काल सबै बिषयको पढाइ संचालन गर्ने जनाएको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!