जुम्लाका ६ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

Posted on: 20 Nov, 2016

नन्दराम जैशी/मङ्सिर ५, जुम्ला । जुम्लाका ६ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेका छन् । 

गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरु बाल मैत्री हुन नसक्नु लगाएतका कारणले ६ प्रतिशत बालबालिहरु विद्यालय बाहिर रहेको बताइएको छ । अन्तराष्ट्रिय बाल दिवको पुर्व सन्ध्याको अवसरमा शनिबार जिल्लामा आयोजित सरोकारवाला नियकासँगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यस्तो जानकारी गराईएको हो ।    

जुम्लाको बाल अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दे जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धितालले जुम्लाका ६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको बताउनु भयो । पारिवारिक, साथ संगत र विद्यालयको वातावारणका कारण ६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको उहाँको धारणा थियो । यस्तै जुम्लामा रहेका होटलहरुमा बालबालिकाहरुले श्रम गर्नु पर्ने अवस्था रहेको कार्यपत्रमा उल्लेख गरिएको धितालको भनाइ रहेको थियो ।     

यता अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायहरुले बालश्रम न्युनिकरणको लागि अभियान थाल्नु पर्नेमा जोड दिएका छन् । अन्तरक्रियामा सहभागि होटल व्यवसायि र निर्माण व्यवसायिहरुका बिचमा अन्तरक्रिया कार्यक्रम भएको छ । 

बालश्रम न्युनिकरणका लागि सरोकारवाला निकायले कर्तव्य पुरा गर्ने, संयन्त्रहरु सक्रिय हुने, ऐन, नियमको पालना गर्नु पर्ने लगायतका काम गर्नु पर्ने सहभागिहरुले सुझाव दिएका छन् । १४ वर्ष मुनिका बालबालिहरुलाई विद्यालय नपठाई कुनै पनि काममा लगाएमा अपराध हुने भएकोले सम्बन्धित निकाय सबैको ध्यानकर्षण गरिएको अध्यक्ष धितालले बताउनु भयो ।         

नेपालको कानुन अनुसार १६ वर्षसम्मलाई बालबालिका भनिन्छ भने अन्तर्राष्ट्रिय कानुनमा १८ वर्ष सम्मलाई बालबालिका भनेर परिभाषित गरिन्छ । बालश्रम निषेध र नियमन गर्न बनेको ऐनमा १६ वर्षमुनिका बालबालिकालाई कठिन काममा लगाउन नहुने उल्लेख छ । 

तर कानुनकै धज्जी उडाउँदै जिल्लाका विभिन्न पक्षले निकृष्ट प्रकारको काममा लगाउँदा पनि सरकारी अधिकारीहरू कानुनी कारवाहीको पक्षमा देखिदैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!