जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 27 Nov, 2016

मंसिर १२, जुम्ला । करेन्ट लागेर सख्त घाइते भएका विद्युत् कर्मचारीको आज बिहान मृत्यु भएको छ । 

चन्दननाथ नगरपालिका–८ छिनागाउँ जुम्लाका ३८ वर्षीय दिनेशनाथ योगीको मृत्यु भएको हो । योगी कामका सिलसिलामा चन्दननाथ नगरपालिका– ७ नजिकै रहेको विद्युत् खम्बाको एसटी लाइनमा काम गरिरहेका बेला करेन्ट लागेर तल खसेका थिए । 

बेहोस अवस्थामा रहेका उनलाई तत्कालै स्थानीयवासीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगेकामा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका डा सूर्यमान लिम्बूले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!