मूर्ति चोरीको बिषयमा ९ सदस्यीय छानबिन समिति गठन, सिआइबि परिचालन

Posted on: 28 Nov, 2016

नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरीएको छ ।

आइतबार साँझ बसेको सर्बपक्षिय बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न न्यौपानेको सयोजकत्वमा ९ सदस्यीय समिति गठन गरीएको हो । समितिमा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, नागरीक समाज, गुठि ब्यवस्थापन समितिका सदस्य र पत्रकारको पनि सहभागिता रहेको छ ।    

केन्द्रीय अनुसन्धान ब्युरो परिचालन 

घटनाको बास्तविक बिवरण पहिचानका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आजबाट घटनाको छानबिन कार्य शुरु भएको छ ।

शनिबार राति साढे १ बजेतिर मन्दिरमा रहेका २८ वटा मूर्ति चोरी भएका थिए । चोरीका क्रममा  चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगायतका देवताहरुको मूर्ति चोरी भएको छ । सुनको गजुर, देवताकोपाइला, बहुमूल्य दायाँ र बायाँशंख, सिंहासन पनि चोरी भएका छन् । कर्णाली अञ्चलकै पर्यटकीय एवं धार्मिकस्थल चन्दननाथ मन्दिरमा चोरी हुँदा जुम्ला पुरै आक्रोशित बनेको छ ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!