डाक्टर केसीले थालेको अनसनमा कास जुम्लाको समर्थन

Posted on: 01 Dec, 2016

नन्दराम जैशी,  मंसिर १६, जुम्ला ।  डाक्टर गोविन्द केसीले थालेको १० औँ पटकको आमरण अनसनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीले समर्थन जनाएका छन् । स्वास्थ्य, शिक्षा सेवामा सुधारको माग गर्दे अनसन बस्नु भएका डाक्टर केसीको समर्थनमा प्रतिष्ठान परिवारले समर्थन जनाउँदै आजबाट आकस्मिक सेवा बाँहेक अन्य सबै सेवा ठप्प पार्ने प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ ।   

स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको विकृति र विसंगतिका विरुद्धमा केसीले थालेको आमरण अनसनमा प्रतिष्ठानका कर्मचारीले समर्थन गरेको कार्यालय सचिव चेतवहादुर रोकायाले जानकारी दिनुभयो । उहाले भन्नुभयो,  डाक्टर केसीको जीवन रक्षाको लागि सरकारसँग जोडदार माग समेत गरिएको छ । आजबाट प्रतिष्ठानबाट आकस्मिक बाँहेक अन्य सेवा ठप्प गरिने भएकाले विरामीमा पर्न जाने असुविधा प्रति प्रतिष्ठानले क्षमा प्रार्थि छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!