प्रतिष्ठानका आकस्मिक बाहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प, बिरामि मर्कामा

Posted on: 02 Dec, 2016

नन्दराम जैशी/मंसिर १७, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहिबारदेखि आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प भएपछि बिरामि मर्कामा परेका छन् । 

प्राध्यापक डाक्टर गोविन्द केसीले थालेको १० औँ पटकको आमरण अनसनमा सरकारको ध्यानाकर्षण नभएको भन्दै प्रतिष्ठान परीवारले आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामि मर्कामा परेका हुन् ।

प्रतिष्ठानमा एक हप्ता यता बिरामिलाइ उपचारका लागि आउनु भएका मुगु रोवा ५ का धर्म बुढाले स्वास्थ्य सेवा बन्दले बिरामिलाइ असर परेको भन्दै उपचारमा ढिलाइ भएको बताएका छन् ।   

आफ्नि श्रिमतिको पाठेघरको सल्यक्रियाका लागि जुम्ला पुग्नु भएका बुढाले स्वास्थ्य सेवा बन्दले उपचारमा हुने ढिलाइका कारण आर्थिक संकटले सताउने बताउनुभयो । यता प्रतिष्ठानका डाक्टरहरुले धर्म बुढाकि श्रिमतिको पाठेघरको सल्यक्रियाका लागि उपचारमा कुनै ढिलाइ नभएको र उपचारमा कुनै कसुर नराख्ने बताएका छन् । 

डा केसिका मागप्रति सरकारले गैर जिम्मेवार ढंगले बेवास्था गरेको भन्दै प्रतिष्ठानले अनिश्चित रुपमा आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा आजदेखि ठप्प पारेको छ । साथै प्रतिष्ठानका डा हरीहर देबकोटाद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा डा केसिको आमरण अनसनको १९ दिन पुगेकाले उहाको जिबन रक्षाका लागि सबै निकायले केसिको मागप्रति ध्यानदिनु पर्ने उल्लेख गरीएको छ । डा देबकोटाका अनुसार आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामिमा पर्न जाने असुविधा प्रति प्रतिष्ठान परीवारले क्षमा मागेको छ । 

स्वास्थ्य, शिक्षा सेवामा सुधारको माग गर्दे डाक्टर केसी अनसनरत रहनु भएको छ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको विकृति र विसंगतिका विरुद्धमा केसीले थालेको अनसनमा आफुहरुले सर्मथन जनाएको प्रतिष्ठानका कार्यालय सचिव चेतवहादुर रोकायाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!