जुम्लाको मन्दिरमा चोरी भएपछी गुठि ब्यवस्थापन समितिका अध्यक्ष आचार्यको राजिनामा

Posted on: 03 Dec, 2016

नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ भैरबनाथ गुठि ब्यवस्थापन समिति जुम्लाका अध्यक्ष गौरीनन्द आचार्यले पदबाट राजिनामा दिनु भएको छ । 

गुठि ब्यवस्थापन समिति जुम्लाको प्रमुख संरक्षक जिल्ला प्रशासन कार्यालयले समितिलाइ निलम्बन गर्न गुठि संस्थान केन्द्रीय कार्यालयलाइ सिफारिस गरेपछि अध्यक्ष आचार्यले नैतिकताका आधारमा पदबाट राजिनामा दिनुभएको हो । मन्दिरका मूर्ति चोरी भएको बिषयमा स्तब्ध भएका आम कर्णालीबासिको मागका आधारमा समितिलाइ निलम्बन गर्न गुठि संस्थान केन्द्रीय कार्यालयलाइ प्रशासनले सिफारिस गरेको छ ।

जस अन्र्तगत आचार्यले प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डित मार्फत स्वीकृतिका लागि गुठि संस्थान केन्द्रीय कार्यालय समक्ष आफ्नो राजिनामा पेश गर्नु भएको छ । राजिनामा दिलएपछि आचार्यले भन्नुभयो, मैले आफ्नो नैतिकताका आधारमा राजिनामा पेश गरेको छु, मन्दिरका मूर्ति चोरीको बिषयमा छानबिन प्रक्रियालाइ निरन्तर सहयोग गर्ने मेरो प्रतिबद्धता छ । जतिसक्दो छिटो छानबिन भएर दोसि पत्ता लगाइ कारबाहि होस् सच्चा ब्यक्ति नफसोस अपराधि नफुत्कोस उहाले बताउनुभयो । 

यता जिल्ला प्रशासन कार्यालय जुम्लाले आज सार्वजानिक गरेको निर्णय अनुसार बर्तमान गुठि ब्यवस्थापन समिति निलम्बन रहेकाले अन्तरिम गुठि ब्यवस्थापन समितिबाट कार्य संचालन गरीने भएको छ । मालपोत अधिकृतको संयोजकत्वमा गठन गरीएको अन्तरिम गुठि ब्यवस्थापन समितिमा प्रशासन, नगरपालिका, नापि र जिविसको कार्यालय प्रतिनिधि रहने भएका छन् । 

त्यस्तै चन्दननाथ मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरीलाइ अर्को ब्यवस्था नभएसम्म निलम्बन गरी अनुसन्धानको प्रक्रिया अघि बढाइने निर्णय भएको छ । बर्तमान गुठि ब्यवस्थापन समितिका सबै पदाधिकारीलाइ निलम्बन गरी अनुसन्धान तथा छानबिनको दायरामा ल्याइने भएको छ । भने मन्दिरमा नित्य पुजाआजा गर्ने कार्यका लागि अन्तरिम रुपमा पुजारीको ब्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!