स्पोर्ट क्लबद्धारा बजारका २२ वटा स्थानमा फोहोर फाल्ने भाँडोहरु राखिए

Posted on: 04 Dec, 2016

नन्दराम जैशी/मंसिर १९, जुम्ला । कर्णाली स्पोर्ट क्लब जुम्लाद्धारा शनिबार जुम्ला बजारमा फोहोर फाल्ने भाँडोहरु राखिएका छन् । 

क्लवको नियमित सरसफाइ कार्यक्रम अन्र्तगत आज बजारका २२ वटा स्थानमा फोहोर फाल्ने भाँडोहरु राखिएका हुन् । चन्दननाथ नगरपालिकाको बजार क्षेत्रलाइ सफा र स्वच्छ बनाउने उद्देश्यले कर्णाली स्पोर्ट क्लबको आयोजनामा नियिमित सदरमुकाम सरसफाइ भैरहेको छ । 

आज बजारका २२ वटा स्थान अन्र्तगत जिल्ला प्रहरी कार्यालयदेखि कालेखोलिसम्मका विभिन्न स्थानमा फोहोर फाल्ने भाँडोहरु राखिएको क्लवका अध्यक्ष सरोज शाहिले जानकारी दिनुभयो । क्लवका खेलाडिको सहभागितामा सम्पन्न भएको फोहोर फाल्ने भाँडो राख्ने कार्यक्रममा नगरपालिका, खानेपानि र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको थियो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!