आज मानवअधिकार दिवस

Posted on: 10 Dec, 2016

पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ ।

“हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ आज  मानवअधिकारको क्षेत्रमा कार्यरत सरकारी र  गैरसरकारी संस्थाहरुले देशैभरी विविध कार्यक्रमको आयोजना   गरेका छन् । यसै अवसरमा आज  पर्वतमा रहेका मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका  सरकारी तथा गैरसरकारी निकायहरुले मानव अधिकार दिवसको दिनमा अन्तरक्रियाको कार्यक्रम गरेका छन् ।

जिल्लामा रहेको मानवअधिकारबादी संघसंस्थाहरुले  शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको कार्यालय तथा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरेका छन् ।दोस्रो विश्वयुद्ध पश्चात सन् १९४८ अन्तर्रा्ष्ट्रिय रुपमा नागरिकहरुको हक, अधिकारको संरक्षणका लागि संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । सोही संयुक्तराष्ट्र संघको महासभाले त्यतिबेलै डिसेम्बर १० तारिखका दिन विश्वव्यापी मानअधिकार सम्बन्धी घोषणापत्र सार्वजनिक गरेको थियो । सोही दिनको सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो ।उक्त घोषणा पत्रलेहरेक देशका नागरिकको सर्वा्ङ्गिण मानवअधिकारको रक्षा र त्यसको जगेर्नामा जोड दिएको छ । नेपालमा विगतमा मानवअधिकार उल्लंघनका घटनाहरु धेरै भएको विभिन्न तथ्यहरु देखाएका छन् ।तथापी मानवअधिकार उल्लंघन गर्नेहरुलाई आवश्यक मात्रामा कानून दायरामा ल्याउन नसकिएको अधिकारकर्मीहरुको गुनासो रही आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!