हिंसा पीडित महिला तथा बालकालिकालाई सुरक्षित घर

Posted on: 10 Dec, 2016

पर्वत मंसिर २५ गते । घरेलु हिंसा तथा समाज र घरपरिवारबाट बहिष्कार गरिएका महिलाहरुको    सुरक्षाको लागि कुश्मामा सुरक्षित घर बन्दैछ ।

प्रनाउ गंगा पन्तको नेतृत्वमा शुरु गरिएको अभियानले सार्थकता पाएसँगै महिला हिंसा तथा घरेलु हिंसामा परेका महिलाहरुको हकहित र उनीहरुको बास, गास र कपासको अधिकारको सुरक्षाको लागि सुरक्षित घरको निर्माण गर्न लागिएको हो । हिंसामा परेका  महिला तथा बालबालिकाको लागि निर्माणधिन अबस्थामा रहेको सुरक्षित घरले महिला तथा बालबालिकालाइ न्याय नपाउन्जेल सम्म सुरक्षित गरी राख्नेछ । जिल्लामा पहिलो पटक महिला तथा बालकाकिालको हक र हितको लागि निर्माण हुन लागेको सुुरक्षित घर हिंसामा परेका महिला तथा बालकालिकाको साहारा बन्ने संस्थाकी उपाध्यक्ष मानकुमारी     गिरीले बताइन् ।

विगतका बर्षमा जिल्लामा महिला हिंसा तथा घरेलु हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण गर्नको लागि आवश्यक भौतिक पूर्वधार नभएकोले पीडित महिला प्रहरी तथा आफ्नै घरमा थप पीडा सहेर बूस्नुपर्ने बाध्यता भएता पनि अबको दिनमा भने त्यसको अन्त्य हुने उनले बताइन् ।उक्त भवन निर्माणको लागि सहयोगको आवश्यकता परेको समेत उनले औलाइन । जिल्लामा हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाको लागि निर्माण हुन लागेको भवन समयमानै सम्पन्न गर्नको लागि आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै उनले सहयोग गर्नको लागि समेत आग्रह गरिन् । सुरक्षित घर निर्माण भएपछि जिल्लामा हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण हुनेछ । करिब १ करोड लागतमा निर्माण हुन लागेको उक्त सुरक्षित घरको अहिले काम धमाधम भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!