निशुल्क स्वास्थ्य क्याम्प

Posted on: 11 Dec, 2016

मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ । 

एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण   गरिएको हो । अपाङ बाल अस्पताल बनेपाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा बालक २२ र बालिका १७ र बयस्क १ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारा सुनुवारले जानकारी दिइन ।

 शिविरमा २ जनाको तत्काल उपचार गर्नुपर्नेखालका अपाङ्गता भएका व्यक्तिको पहिचान भएको, ७ जनालाई सहायक सामाग्रीको आवश्यकता र बाँकीको २ वा ३ महिनाको अन्तरालमा उपचारको लागि बनेपा जानुपर्ने अबस्था  रहेको सुनुवारले जानकारी दिइन । महिला तथा बालबालिका कार्यालय, अपाङ्ग उत्थान लगायतका कार्यालयले उक्त शिविरमा भुमिका निर्वाह      गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!