२ सवारी दुर्घटना ४ घाइते

Posted on: 11 Dec, 2016

मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौबाट बेनी तर्फ जादै गरेको ना३ख ३७५३ नम्बरको बस दुर्घटनामा परेका हुन् । पाखापानीमा भएको सवारी दुर्घटनामा चार जना घाइते भएका हुन् ।

दुर्घनामा परि पाखापानी ३ का मनबहानददुर दर्जी ,रणबहादुर दर्जी, काशीराम दर्जी र कुलबहादुर दर्जी घाइते भएका छन । घाइतेलाई राती नै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  स्याङ्गजामा बिहेमा बाजा बजाउन गएर फर्केका दर्जी दाजुभाईहरु दुर्घटनामा घाइते भएका हुन । बसमा १० जना यात्रु रहेको बुझिएको छ । त्यस्तै यता नाङलीवाङमा पनि सवारी दुर्घटना भएको छ । नाङलीवाङमा ९ खनियाघाट सवारी दुर्घटन भएको तर यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार थिए । पाखापानीमा मध्यरातमा सवारी दुर्घटना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!