देवर भाउजू थुनामा

Posted on: 17 Dec, 2016

पौष २ पर्वत । भनिन्छ  भाउजू आमा समान हुन्छिन् । तर जिल्लामा यस्तो घटना पनि घटेको छ जसले तपाइ हाम्रो शरिर सुन्दा सिरिङ बनाउछ । श्रीमान् विदेश गएको बेलामा आफ्नै देवरसँग अबैध सम्बन्ध राखी बच्चा जन्माएर मार्ने जिल्लाकि एक महिला र उनका देवरलाई जिल्ला अदालत पर्वतले जेल राख्न आदेश दिएको छ ।  रोजगारका शिलशिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अबैध गर्भाधारण गरी शिशुलाई जन्म दिएर हत्या गरेको अभियोगमा देवर भाउजु पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

पर्वतको लिमिठाना  ८ कि मिना क्षेत्री र उनका देवर विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ बर्षिय मिना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवर भाउजु हुन् । मिनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको    प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि प्रमाण कागजात जुटाउन भन्दै पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश मोहनराज    भट्टराईको थुनछेक आदेशबाट आरोपित मिना क्षेत्री र       विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।


आरोपित मिना क्षेत्रीका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाई विजयराज क्षेत्री र श्रीमती मिना क्षेत्री विरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा अन्तर्गत गत कार्तिक ४ गते किटानी जाहेरी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!