जुम्लामा जडिबुटी बोकेको टयाक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा वेपत्ता

Posted on: 20 Dec, 2016

नन्दराम जैशी/पुस ५, जुम्ला । डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

डोल्पादेखि जुम्ला आउदै गरेको भे १ त ६८४२ नम्बरको टयाक्टर गोठीचौर– ६ कालिसाघु स्थित खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा रिमि गाविस ८ का ३५ बर्षिय लंक बहादुर रोकायाको मृत्यु भएको हो । दुर्घटनामा मृतक लंक रोकायाका छोरा उमेर नखुलेका निर्दोष रोकाया भने वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका कन्ट्रोललर प्रहरी जवान भद्र रावलले जानकारी दिनुभयो ।         

 सोहि दुर्घटनामा डोल्पा रिमि गाविस ८ कि १७ बर्षिय मिरा बुढा गम्भीर घाइते भएकी छन् । घाइते बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको जनाइएको छ । ट्याक्टर डोल्पाबाट जुम्लातर्फ जडिबुटी लिएर आउँदै गरेको थियो । 

वेपत्ता निर्दोष रोकायाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक जुम्ला लाम्रा गाविस १ श्रिनगरका गणेश डाँगी फरार रहेको र जडिवुटी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा झिकाइएको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!