मनाङमा यार्सा टिप्न जाँदा एक जनाको मृत्यु

Posted on: 20 Apr, 2016

वैशाख ८, मनाङ / लमजुङ बाँझाखेत गाविस– ९ का ३० वर्षीय पूर्णबहादुर गुरुङको यार्सा टिप्न गएको बेला मृत्यु भएको छ । सोमबार मनाङको ज्यादै विकट मानिने नार गाविसमा यार्सा टिप्न जाँदा माथिबाट आएको ढुङ्गाले लागेर उनको मृत्यु भएको हो ।

सदरमुकाम चामेदेखि झन्डै १० घन्टाको विकट बस्ती भएकाले शव छिटो सदरमुकाम ल्याउन सकिएको छैन ।

अन्तिम संस्कारको प्रबन्ध स्थानीय परम्परानुसार नार गाविसको खोलामा मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!