शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न

Posted on: 28 Dec, 2016

पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरुङले नगरको विकासको लागि आफुले सवैसँग सहकार्य गर्ने बताए । उनले न्यूरोड टोल सुधार समितिको लागि आवश्यक के छ त्यसको लिस्ट तयार गरी नगरपालिकामा पेश गर्नको लागि उनले आग्रह गरे । टोल सुधार समितिलाई नगरपालिकाबाट केको अपेक्षा छ लेखेर ल्याउनुहोस नगरपालिकाले सक्दो सहयोग गर्नेछ उनले भने ।

उनले जिल्लामा ड्याम्पीङ साइटको अभाव भएकोले फोहोर व्यवस्थापनको लागि निकै असहज भएको भन्दै अब नगरपालिकाले चाँडैनै त्यसको बारेमा निकास निकाल्ने बताए । उनले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर आफु नगरक्षेत्रको विकासको लागि अगाडि बढ्न तयार रहेको बताए । नगरपरिषदको लागि अहिले नगरका प्रत्येक टोलमा योजना तर्जुमा कार्यक्रम भैराखेको छ आफ्ना माग र समस्याका बारेमा जानकारी गराउनुहोस् र नगरपालिकामा पठाउनुहोस हामी त्यसलाई प्रथामिकताका आधारमा नगर परिषदबाट पारित गर्नेछौं कार्यकारी गुरुङले भने ।

शिवालय टोल सुधार समितिका अध्यक्ष फुलराज लामिछानेले नगरभित्र अझै पनि अव्यवस्थीत रुपमा मासु विक्रिवितरण तथा मारकाट भैराखेको भन्दै त्यसको रोकथामको लागि नगरपालिकाले सोच्नुपर्ने बताए । उनले नगरक्षेत्रको सुरक्षाको लागि आवश्यक पूर्वधार तयार पार्नको लागि समेत आवश्यक रहेको औलाए । 

न्यूरोड टोल सुधार समितिका अध्यक्ष सिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक हिम बहादुर क्षेत्री, सफा कुश्मा अभियानका खडानन्द आचार्य लगायतले बोलेका थिए । टोल सुधार समितिका सचिव कृष्ण शर्माको स्वागतमा भएको कार्यक्रमको संचालन पत्रकार रामकृष्ण लामिछानेले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!