जुम्लाका १२ जना महिला अन्तर जिल्ला भ्रमणका लागि दाङ्ग र नेपालगञ्ज गए

Posted on: 29 Dec, 2016

नन्दराम जैसी/पुस १४, जुम्ला । जुम्लाका १२ जना महिला अन्तर जिल्ला भ्रमणका लागि दाङ्ग र नेपालगञ्ज गएका छन् । 

महिला तथा बालबालिका कार्यालय जुम्लाद्धारा गठन गरिएका सहकारी समूहका महिलालाई अन्तर जिल्ला भ्रमणका लागि बुधबार दाङ्ग र नेपालगञ्ज पठाईएको हो । महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा अन्तर जिल्लाको भ्रमण आयोजना गरीएको छ ।

 महिला तथा बालबालिका कार्यालयमा दर्ता भएका सहकारी संस्था मध्ये सक्रिय काम गर्ने सहकारी संस्था चन्दननाथ नगरपालिका ७ महतगाउँका ६ जना र पट्मारा गाविसमा रहेको सहकारी संस्थाका ६ जना संचालक समितिका महिलालाई अन्तर जिल्ला भ्रमणका लागी अवसर जुटाइएको छ ।  

 कार्यालयमा दर्ता भएका सहकारी मध्ये २ सहकारी संस्थाका महिलालाई हरेक वर्षको दोस्रो चौमासिकमा अन्तर जिल्ला भ्रमणमा लिने गरिएको महिला तथा बालबालिका कार्यालय जुम्लाका निमित्त प्रमुख रिना थापाले बताउनु भयो । 

अन्तर जिल्ला भ्रमणमा जाँदा लाग्ने आवत जावत खर्च कार्यालयले व्यहोर्ने जानकारी दिदै भ्रमणबाट जुम्लाका महिलाहरुले अन्य जिल्लाका महिलाहरुले गरेको काम देखासिकिका माध्ययममा आफ्नो ब्यवहारमा लागु गर्ने महिलाहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!