चन्दननाथ मन्दिरबाट चोरी भएका ३ रुद्राक्ष सहित ११ मूर्ति भेटिए

Posted on: 03 Jan, 2017


नन्दराम जैशी/पुस १९, जुम्ला । चन्दननाथ मन्दिरबाट मंसिर ११ गते चोरी भएका मूर्तिहरु मंगलबार वेवारिसे अवस्थामा फेला परेका छन् । 

जुम्ला देपालगाउँ २ डुंग्रिखोलामा चोरी भएका मध्य ११ वटा मूर्ति र दुई वटा शंख मंगलबार बिहान वेवारिसे अवस्थामा खोलामा फेला परेका हुन् । चन्दनाथ मन्दिरबाट चोरी भएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो मूर्ति लगायत १४ वटा मूर्ति बाटो र खोलामा फालिएको बेवारीसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मंगलबार वेवारिसे अवास्थामा १४ मुर्ति भेटिए पनि मुख्य दत्रात्तयको मुर्ति भने भेटिएको छैन । प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितका अनुसार रुद्राक्षका ३ वटा गेडा पनि भेटिएका छन् । थप अन्ुसन्धानका लागि विषशज्ञ कुकुर ल्याउने तयारि भैरहेको बताउदै अहिले सिआइबिको टोलि पनि अनुसन्धानका लागि परिचालित भैरहेको प्रजिअ पण्डितले जानकारी दिनुभयो । मंगलबार बिहान ५ बजे स्थानीय माया गिरी दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटोमा मूर्तिहरु छरिएर रहेको देख्नुभयो । 


माया गिरिले भन्नुभयो, म एका बिहानै दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटैमा मुर्तिहरु छरीएर रहेको देखेँ, देख्ने बित्तिकै बजार बस्ने मेरा नातेदार मेघराज गिरीलाई फोन गरी प्रहरीलाई खवर गरिदिन भनेकी थिए । यि मूर्ति चन्दनाथकै भएको स्थानीयको दावि छ । 


अन्य मूर्तिहरु त्यही एरियामा हुन सक्ने भन्दै प्रहरीले थप खोजी कार्य तीव्र गरेको डिएसपि गुरुबिष्णु काफ्लेले जानकारी दिनुभयो । गत मंसिर ११ गते मूर्ति चोरी भएबाट प्रहरीले खोजी कार्य तीव्र बनाएको उहाले बताउनुभयो । कर्णालीको धरोहरको रुपमा रहेको चन्दननाथ मन्दिरबाट मुख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!