बाहिनी अड्डा जुम्लाले अधिकरण गरेको जग्गाको मुआब्जा वितरण

Posted on: 14 Jan, 2017

नन्दराम जैशी/माघ १, जुम्ला । २४ नम्बर बाहिनी अड्डा जुम्लाद्धारा अधिकरण जग्गाको मुआब्जा वितरण भैरहेको छ । 

२०६१/६२ सालमा अधिकरण गरिएको जग्गा दररेडमा सहमति भएपछि मुआब्जा वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । 

उहाँले भन्नुभयो, मालपोतकै दररेडमा मोब्जा वितरण गरिएको छ । मालपोतको दररेड अनुसार खेतीयोग्य जमीनको प्रति वर्ग क्षेत्रको २ हजार रुपैया र पाखो जग्जाको ७ सय रुपैयाका दरमा मुआब्जा वितरण गरिएको हो ।        

मोब्जा १ सय ३० जना जग्गावालाहरुका लागि ८ करोड ५६ लाख रुपैया निकासा भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । पहिला दररेडमा विवाद भएर रकम निकासा भएको थिएन अहिले सहमति भएपछि रकम निकासा भएकोले मुआब्जा वितरण शुरु गरिएको उहाँले बताउनुभयो । आचार्यवाडा, भण्डारीवाडा, खोलीकोट र बुथ्वाडाका गरी १ सय ३० जनाले मोब्जा प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय, जुम्लाले बताएको छ ।       

चन्दननाथ ४ डाडाकोटका धनबहादुर नेपालीले भने,  धेरै लामो समयपछि जग्गाको लागि मुआब्जा प्राप्त भएको छ यसैमा चित्त बुझाएको छौ । उहाँका अनुसार राज्यले ०६१÷०६२ सालदेखि जग्गा अधिकरणले नागरिकले खनजोत गरेपनि किनबेच गर्न भने पाएका थिएनन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!