शिक्षण अस्पताल जुम्लामा हड्डीका बिरामीको संख्या बढ्दै

Posted on: 22 Jan, 2017

नन्दराम जैशी, माघ ९, जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हड्डी सम्बन्धीका बिरामीहरुको संख्या बढ्दै गएको छ । गत वर्षको भन्दा यो आर्थिक वर्षको हालसम्म प्रतिष्ठानमा उपचार गर्ने ४४ प्रतिशत हड्डीका बिरामिको दर बढ्दै गएको  हो  । गतबर्षको मंसिर महिना सम्म प्रतिष्ठानमा उपचार गर्ने ५ सय ३९ जना बिरामिको संख्या भएकोमा यो बर्षको अहिले  सम्म ९ सय ५० जना बिरामि पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।         

जस अन्र्तगत यस आर्थीक बर्षको साउन महिनामा हड्डी सम्बन्धीका १ सय ८० जना बिरामीहरु उपचारको लागी प्रतिष्ठानमा आएको मेडिकल रेकर्डर धन बहादुर शाहीले बताउनु भएको छ । यस्तै भदौ महिनामा १ सय ३० जना, असोजमा ८० जना कार्तीक महिनामा  १ सय २४ र मंंिसर महिनामा  १ सय ३६ जनाले अस्पतालबाट सेवा लिएको शाहीले जानकारी दिनु भयो ।    

चोट पटक तथा  चिसोको समयमा रागन सम्बन्धीका बिरामीको सख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सक हरुले बताएका छन । बिशेष गरी जेष्ठ नागरीकहरुमा रानगको रोग बढी देखीने भएको हँुदा हड्डी सम्बन्धीको समस्या हने गरेको प्रतिष्ठानले जनाएको छ  । शरीर दुख्ने र समात्ने  लक्षण देखा पर्ना साथ उपचारको लागी अस्पतालमा ल्याउन समेत चिकित्सक हरुले आग्रह गरेका छन ।        

यस बिषयमा तपाइको प्रतिक्रिया...!