बाक्लो हिमपातपछि मुगुसहित कर्णालीको जनजिवन प्रभावित

Posted on: 27 Jan, 2017


नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । 

गएराति देखि परेको हिमपातले कर्णालीका मुगु जुम्ला, हुम्ला, र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिजो रातीदेखी पानी पर्नुका साथै हिमपात पनि भएपछि यि क्षेत्रहरुमा जनजिवन प्रभावित भएको छ । 

जुम्ला सदरमुकाममा रहेका दिपेन्दका अनुसार हिजो रात्तिबाट शुरु भएको हिमपात आज बिहान सम्ममा झण्डै ३ फिट बराबरको हिउ परेको छ । “हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाजहरु सबैका प्रभावित भएका भएका छन । 

यता हुम्लामा पनी हिमपात भएको छ । हुम्ला सदरमुकाम सिमिकोटमा रहेका युवराज शाही ठकुरीका अनुसार  बिहानैबाट हुम्ला सदरमुकाममा शुरु भएको हिमपात अहिलसम्म पनी जारी रहेको छ । 

हुम्ला सदरमुकाम बाहेकका अन्य क्षेत्रहरुमा  हिजै रात्तिबाट हिमपात शुरु भएको भएपनी सदरमुकाम सिमिकोटमा भने बिहानबाट मात्रै हिमपात शुरु भएको शाहीले जानकारी दिए । यता, मुगु सदरमुकाममा पनी बिहानबाट पानी परेपनी दिउसो बाट हिमपात भएको छ  । 

जिल्लाका अन्य क्षेत्रमा हिजो रात्तिबाट नै हिमपात शुरु भएको भएपनी सदरमुकाममा भने दिउसो बाट मात्रै हिमपात शुरु भएको छ । हिमपात भएपछि मुगुको जनजिवन पनी प्रभावित  भएको छ । 

हिमपात सगैँ चिसो पनी बढेपछि सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन भने सडकहरुमा र बजारपसलहरुमा मानिसको चहलपह समेत शुन्य जस्तै देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!