जुम्लामा एक युवकले गरे आफ्नै बाबु आमालाई ढुंगा हानेर हत्या

Posted on: 02 Feb, 2017

नन्दराम जैशी, माघ २०, जुम्ला ।  जुम्लाको पूर्वी क्षेत्र गोठीचौरमा एकजना छोराले आफ्नै बाबुआमालाई ढुंगाले हानेर हत्या गरेका छन् । गोठीचौर– २ नापानी निवासी ३० वर्षिय युवक बीरबहादुर ऐडीले बुधबार दिउसो ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ४५ वर्षिय बुबा गोरख ऐडी र ५० वर्षिया आमा जयरुपा ऐडीको हत्या भएको प्रहरी प्रमुख गुरुविष्णु काफ्लेले बताए ।        

हत्या गर्ने छोरा बीरबहादुर ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकामबाट पाँच घण्टा लाग्ने भएकोले घटना सम्बन्धी सम्पूर्ण जानकारी बिहीबार साँझसम्म आउने डीएसपी काफ्लेको भनाइ छ । घटनाको बुझ्न प्रहरीको टोली गोठीचौर तर्फ गएको छ ।           

यस बिषयमा तपाइको प्रतिक्रिया...!