कर्मचारीको आन्दोलनमा संघ-संगठनको ऐक्यबद्धता

Posted on: 08 Feb, 2017

नन्दराम जैशी | माघ २६, जुम्ला | जुम्लामा कार्यरत स्थानिय निकायका सरकारी कर्मचारीहरुले थालेको आन्दोलनलाई जुम्लाका विभिन्न संघ संगठनहरुले समर्थन गर्ने ऐक्यबद्धता जनाएका छन । स्थानिय निकायका कर्मचारीहरुले अघि सारेका माग तथा मुद्धाहरु सान्र्दभिक भएको भन्दै संघसंगठनले सर्मथन गर्ने ऐक्यबद्धता गरेका हुन । स्थानिय निकाय कर्मचारी संघ नेपालको संयुक्त आन्दोलन परिचालन समितिले अघि सारेका माग तथा मुद्धाहरुका विषयमा जानकारी दिन आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी निकायहरले यस्तो ऐक्यबद्धता ब्यक्त गरेका थिए ।

जिविस, गाविस र नगरपालिकामा कार्यरत कर्मचारीहरुले अघि सारेका माग तथा मुद्धाहरुमा जिल्ला स्थित सम्पुर्ण राजनैतिक दल, आधिकारी ट्रेड युनियन, अन्य कर्मचारी संठगनका प्रमुख एवम प्रतिनिधी लगायतका अन्य निकायहरुले सर्मथन गर्ने बताएका छन । छलफलको अबसरमा बोल्दै नेकपा माओबादि केन्द्रका दिपक गौतमले देश संहियता कार्यान्वयमा जाँदापनि सरकारले राष्ट्सेवक कर्मचारीहरुको व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनु भयो ।

त्यस्तै संघिय समाजबादि पाटीका केन्द्रिय सदस्य बलिराज शाहिले देश र जनताहरुको सेवाको लागि निरन्तर क्रियाशिल कर्मचारीहरु बिच भएको बिबाद प्रमुख जिम्मेबार सरकार रहेको आरोप लगाउनु भयो । जनमोर्चाका जिल्ला अध्यक्ष मिन बहादुर महतले स्थानिय किायका कर्मचारीले थालेको आन्दोलन सान्र्दभिक रहेको भनाइ राख्नुभयो । स्थानिय निकाय कर्मचारी संघ नेपाल अनुसाशन आयोगका सदस्य तथा जिविसका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापाले केन्द्र स्तरमा नेतृत्व गर्ने निजामति कर्मचारीहरुले स्थानिय निकायका कर्मचारीहरुहरुको योगयता, दक्षता र पारिश्रम संग खेलवाड गरेको भन्दै कर्मचारी समायोजनमा भएको अनियमितताका बिरुद्ध ओन्दोलन गरिएको बताउनु भयो ।

स्थानिय निकाय कर्मचारी संघ नेपालका प्रदेश नम्बर ६ का उपाध्यक्ष लक्ष्मी चन्द्र न्यौपानले राज्यका एउटै अंगमा काम गर्ने कर्मचारीहरु बिच भएको बिभेदीकरणको बिरुद्ध आन्दोलन जारीराख्ने बताउनु भयो । आन्दोलन परिचालन समितिको संयोजक समेत रहनु भएका उहाले आज जुम्लामा कालो पट्टी बाधेर भएपनि स्थानिय निकायका कर्मचारीले सेवा प्रबाह गरेको जानकारी दिनुभयो । स्थानिय निकायका कर्मचारीहरको उपयुक्त माग तथा मुद्धाहरुको तत्काल सम्बोधन नभए क्रमश आन्दोलनका कार्यक्रम गर्ने तथा फागुन १ गतेबाट पुर्ण रुपमा दैनिक कार्य ठप्प पार्ने समेत चेतावनी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!