पत्रकारले चलाएको कलमले जिल्ला विकासमा टेवा पुग्छ, “प्रजिअ सापकोटा ”

Posted on: 10 Feb, 2017

नन्दराम जैशी, माघ २८, जुम्ला । जुम्लामा ३८ औ सिडियोको रुपमा कार्यबहाक समाल्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले संचारकर्मि पत्रकारले चलाएको कलमले पनि जिल्लाको विकासमा टेवा पुग्ने बताउनु भएको छ । जुम्लाका पत्रकारहरुसँग आज भएको परिचयात्मक कार्यक्रममा बोल्दै उहाले पत्रकारले लेखेको सकारात्मक समाचारले जिल्लाको विकासमा टेवा पुग्ने बताउनुभयो । पत्रकारहरुलाइ सत्य तथ्यमा आधारित जिल्लाको विकासमा टेवा पुग्ने समाचार लेख्न उहाको अनुरोध छ ।

मिडिया जगतलाइ कानुनले नै शक्तिशालि बनाएको भन्दै समाज परिवर्तनमा मिडियाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । पत्रकारले कसैको कर र दबाबमा समाचार लेख्न नहुने र कसैले लेख्न पनि दबाब दिन नमिल्ने बताउदै पत्रकारले लेखेको समाचार सत्य तथ्यमा आधारित नभए सबैले दुख पाउने उहाको तर्क छ । सोहि अवसरमा उहाले जिल्लाका सबै सरकारी कार्यालयलाइ प्रभावकारी सेवा प्रवाह गर्न र विकासे कामलाइ गुणस्तर बनाउन सुझाब दिनुभयो ।

विकासे काममा दारदर्शिता र प्रतिस्पर्धा भएमा मात्र भ्रष्टचार न्युनिकरण हुने उहाको भनाइ छ । कुनै पनि कार्यालयले पत्रकारले मागेको सुचना समयमै उपलब्ध गर्न निर्देशन दिदै सबै सरकारी कार्यालयहरुले कार्यालय तथा कार्यालय परिसर सरसफाइमा पनि ध्यान दिन प्रजिअ सापकोटाको सुझाब छ । साथै चन्दननाथ मन्दीरका मुर्ति चोरीको बिषयमा उहाले अनुसन्धान कार्य जारी रहेको भन्दै केहि आरोपित पक्राउ परेको तथा केहि फरार रहेकाले अपराधिलाइ नछोड्ने र सच्चा ब्यक्तिलाइ नफसाइने उहाले आश्वासन दिनुभयो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!