जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पढाइ सुरु भएन

Posted on: 17 Feb, 2017

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा माघ २५ देखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन भएका छैनन् । 

नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थि भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थिहरु विद्यालयमा नियमित उपस्थित नहुदाँ जुम्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन हुन नसकेको हो । 

जिल्लाका ग्रामिण भेगमा रहेका विद्यालयहरु यतिखेरसम्म पुरै बन्द अवस्थामा रहेका छन् भने सदरमुकाम आसपास र सदरमुकाम भित्रका चन्दननाथ उच्च मावि, रत्नचुण्डेश्वर उच्च मावि, जनता उच्च मावि, कर्णाली उच्चमावि, लाम्रा, तातोपानि, झारज्वाला, कुडारी, डिल्लीचौर लगाएतका विद्यालयहरुमा अझै नियमित पठनपाठन शुरु नभएको विद्यार्थिहरुले बताएका छन् ।

 यस्तै जुम्ला सिंजा क्षेत्रका कुनैपनि विद्यालयमा हालसम्म पढाइ शुरु भएको छैन । विद्यालयमा नँया शैक्षिक शत्र शुरु भैसक्दा समेत अझैँ कतिपय शिक्षक र विद्यार्थिहरु ट्युसन कक्षाका लागि समरदुकाममै रहेका छन् । 

नियमित विद्यालयको पठनपाठन नहुँदा यतिखेर शिक्षक, विद्यार्थि र अभिभावकहरु एक अर्कोबिच कमिकमजोरी रहेको भन्दै आरोप लगाउने गरीरहेका छन् । अर्कोतिर हिँउदे बिदामा रहेका शिक्षकहरु पनि विद्यालयमा हाजिर नभएको पाइएको छ । विद्यार्थिहरु नियमित विद्यालय नआउने, विद्यालय ब्यवस्थापन समितिले निरीक्षण नगर्ने जस्ता समस्याले पनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन नभएको हो ।

 विद्यालय भर्ना अभियानका नाममा विद्यालय मात्रै खुल्ला राख्ने गरेको पाईन्छ । भने जिल्ला बाहिरीएका शिक्षकहरु पनि अझै जिल्लामा भित्रिएका छैनन् । जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले जिल्लामा नयाँ शैक्षिक सत्र शुरु भैसकेकाले सबै शिक्षकहरुलाइ नियमित विद्यालय उपस्थीत हुन निर्देशन दिनुभएको छ । 

उहाँले विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई भर्ना अभियान संगै पढाई छिट्टो शुरु गर्न निर्देशन दिनुभयो ।

 जिल्लाका सबै विद्यालय निरिक्षण गरीने बताउदै निरीक्षण प्रश्चात कुनै विद्यालय बन्द भएको पाईएमा नियमानुसार कारबाही गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हरेक बर्ष जुम्लामा नँया शैक्षिक शत्र ढिलो संचालन हुने र नियमित अध्ययन अध्यापन नहुँदा त्यसको परिणाम स्वरुप पछि विद्यार्थिहरुले आधा कोर्ष पढाइ भएकै अवस्थामा अन्तीम परिक्षा दिनु परेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!