जुम्ला जिल्ला प्रशासनले विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने

Posted on: 20 Feb, 2017

नन्दराम जैशी | फागुन ९, जुम्ला | वल्र्डभिजन जुम्ला र कास्डा जुम्लाको सहयोगमा जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने भएको छ । जुम्ला जिल्लामा हुने प्रकोप सम्बन्धीका घटनालाइ मध्यनजर गर्दै प्रकोप न्युनिकरण र प्रकोपपछिका घटनामा प्रभावकारी उद्धारका कार्यक्रम कसरी संचालन गर्ने भन्ने बिषयमा जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा आज बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले जुम्ला जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्ने निर्णय गरेको छ । जसअन्र्तगत जुम्ला जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरीएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटा संरक्षक तथा जिल्लाका बिषयगत ८ वटा कार्यालय प्रमुख तथा कर्मचारी सदस्य रहने गरी समिति गठन गरीएको हो ।

जुम्ला जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्दा लाग्ने सम्पुर्ण खर्च वल्र्डभिजन इन्टरनेशनल नेपाल क्षेत्रविकास कार्यक्रम जुम्ला र कर्णाली दिगो विकास प्रतिष्ठान कास्डा जुम्लाले ब्यहोर्ने भएका छन् । प्रतिकार्य योजना तर्जुमा गर्दा लाग्ने खर्च कानुनको अधिनमा रहि वल्र्डभिजन र कास्डालाइ ब्यहोर्न बैठकले अनुरोध गरेको छ । जिल्लाको विपत प्रतिकार्य योजना तर्जुमा गर्न गठित समितिले जिल्लाका बिषयगत कार्यालय प्रमुखसँग समन्वय गरी आगामि दुुई महिना भित्र विपत पुर्वतयारी तथा प्रतिकार्य योजना जिल्ला प्रशासन कार्यालयको प्रतिकार्य तर्जुमा समितिमा पेश गर्ने निर्णय भएको छ ।    

साथै समितिले प्राप्त गरेको प्रतिकार्य योजना संयोजन, विश्लेषण गरी २०७३ को अन्तसम्ममा स्वीकृत हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र कास्डा जुम्लाको आयोजनामा सम्पन्न भएको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा जिल्ला स्थीत बिषयगत सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!