सरकारको परिपत्र जुम्लाका स्वास्थ्य संस्थामा कार्यान्वयन हुनसकेन

Posted on: 21 Feb, 2017

नन्दराम जैशी | फागुन १०, जुम्ला | सरकारले देशभरका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइएपछि सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा बहिरंग सेवा साँझ ५ बजेसम्म खुल्ला राख्न निर्देशन दिएको थियो । स्वास्थ्य निकायमा पुग्ने व्यक्तिले सहज उपचार पाउन बहिरंग सेवाको समय साँझ ५ बजेसम्म तोकिए पनि तर जुम्लामा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।   

करिब दिनभर स्वास्थ्य निकाय खुल्ला हुने भएपछि उपचारका लागि आएका सेवाग्राही उपचार नपाई फर्केर जानुपर्ने अवस्था कम गर्ने उदेश्यले जिल्लाका सबै हेल्थ पोस्ट र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा परिपत्र जारी गरिएको छ । जिल्ला जनस्वासथ्य कार्यालय जुम्लाका अनुसार स्वास्थ्य संस्थाले सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिए नदिएकोबारे कडाइका साथ अनुमगन गरी तोकिएको समयमा सेवा नदिने स्वास्थ्य संस्थालाइ प्रक्रिया अनुसार कारबाहि गरीने भएको छ ।

तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको छ । आफू नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समयमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन पनि मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । मुलुकमा करिब ४ हजार सरकारी स्वास्थ्य संस्थामध्य अन्तरङ सेवा उपलब्ध नभएका तथा १५ शैयाभन्दा कम संख्यामा अन्तरङ सेवा सञ्चालन गरिरहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाको हकमा अनिवार्य रुपले १० देखि ५ बजेसम्म बहिरङ सेवा सञ्चालन गर्नुपर्नेछ ।

बरिष्ठ जनस्वाथ्य अधिकृत बैद्यनाथ झाले भन्नुभयो, जुम्लाका स्वास्थ्य संस्थाहरु सरकारले बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपछि हामिले जिल्लाका सबै स्वास्थ्य संस्थालाइ निर्देशन गरेका छौ, ढिलो भएपनि त्यसको कार्यान्वयन हुनेछ । केहि नँया कुराको शुरुवात गर्न शुरुमा ढिलो र असजिलो महसुस हुनेभएकाले जिल्लाका स्वास्थ्यकर्मिलाइ पनि समस्या भएको हो, आगामि दिनमा जुम्लाका सबै स्वास्थ्य संस्थाले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा दिने छन्, उहाले बताउनुभयो ।

सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक र एप्रोन तथा परिचयपत्र लगाएर काम गर्न पनि उहाको सुझाब छ । स्वास्थ्य सेवा ऐनमा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्दै बिरामी तथा कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्ने कुराको सुनिश्चित गर्न पनि बरिष्ठ जनस्वाथ्य अधिकृत बैद्यनाथ झाले अनुरोध गर्नुभयो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!