जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल प्रहरीलाइ बुझाइयो

Posted on: 01 Mar, 2017

नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका थिए । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएका हुन् । एउटै स्थानामा ३ वटा मानव कंकाल भेटिएको स्थानिय शिवलाल डाँगीले बताउनु भयो । उहाँका अनुसार  धेरै वर्ष पहिला देखि उक्त स्थानमा वस्ती बस्दै आएको हुनाले कति वर्ष पुराना मानव कंकाल हुन भनेर भन्न नसकिने  बताईएको छ ।

 घर बनाउँदा र शौचालय बनाउँदा समेत पहिला पनि मानव कंकाल भेटिने गरेको उहाँको भनाई छ ।  झण्डै ९ फिट गहिरो खन्दा मानव कंकाल फेला परेको हो । मानव कंकाल भेटिएको स्थानको ढुङ्गा समेत कुहिएको हनाले सयौं वर्ष पुरानो मानव कंकाल भएको हुन सक्ने अर्का स्थानिय बासिन्दा दत्त बहादुर शाहीले बताउनु भयो  ।

 धेरै वर्ष पहिला जुम्ला सदरमुकाम नै  चिहान घाट भएको  हुन सक्ने भन्दै मानव कंकाल भेटिने गरेको उहाँले बताउनु भयो  । उक्त स्थानमा  झण्डै ५  सय वर्ष भन्दा पहिला देखि मानव बस्ती बस्दै आएको हुनाले मानव कंकाल त्यो भन्दा पुरानो हुन सक्ने शाहीले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!