५ गाविसका स्थानियले जुम्ला जिविसमा धर्ना दिए

Posted on: 03 Mar, 2017

नन्दराम जैशी/फागुन २०, जुम्ला । उपभोक्ता समितिले ग्रामिण सडक निमार्ण गर्न पाउनुपर्ने भन्दै जुम्लाका ५ गाविसका स्थानियले आज जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएका छन । 

मुगु र डोल्पा जोड्ने सडक निमार्णको लागि जिविसले केहि रकम उपभोक्ता समितिलाई र केहि रकम टेन्डर प्रक्रिया बाट निकासा गरी सडक निमार्ण गर्ने भनिएको निर्णय चौधबिसका स्थानियको हितमा नभएको भन्दै ५ गाविसका स्थानियले बिरोध जनाएका हुन ।

 जुम्लालाको चौधबिस हुदै मुगु र डोल्पा जोड्ने ग्रामिण सडक निमार्णको लागि विनियोजित १ करोड बजेट मध्य केहि ठेक्का प्रक्रिया र केहि उपभोक्ता समितिबाट निमार्ण गर्ने तयारी खण्ड खण्ड नभई सबै उपभोक्ताहरुले नै पाउनु पर्ने स्थानियले माग गरेका छन । 

पट्मारा, बुम्रमाडीचौर, देपालगाउँ, गाज्र्याकोट र गोठीचौरका स्थानियहरुले आज विरोध जनाएका हुन । यता स्थानिय विकास अधिकारी हरिनारायण बेल्वासले बजेटको स्वरुप अनुसार टेन्डर आह्वान गर्ने कि उपभोक्ता समितिबाट निमार्ण गर्ने कुराको छिटै टुंगो लगाइने  बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!