मनाङमा दुई दिनपछि सवारी साधन चल्ने

Posted on: 15 Mar, 2017


चैत २, मनाङ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै मनाङ जिल्लाका पर्यटन व्यवसायी र जिल्ला प्रशासनको पहलमा बाटो सफाइमा जुटेका सेना प्रहरीले मनाङ जिल्ला सदरमुकाम चामेसम्म बाटो सफाइ गरिसकेका छन् । 

चामेबाट मनाङसम्म ३० किलोमिटर बाँकी बाटो आज चैत २ गतेदेखि सफाइ सुरु भएको र अबको दुई दिनभित्र पूरै बाटो सफा हुने कुरा जिल्ला समन्वय समितिका कार्यकारी प्रमुख रामुराज कडरियाले जानकारी दिनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!