हराएका युवकको शव भेटियो

Posted on: 26 Mar, 2017

चैत १३, सोलुखुम्बु । गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता बनेका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ । 

स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि प्रहरीले पानीबाट शव निकालेको थियो । शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!