आगलागीबाट वृद्धाको मृत्यु

Posted on: 29 Mar, 2017

चैत १६, कलैया । आगो लागेर बारा जिल्ला पिप्रावी गाविस –१ की ९० वर्षीया राजपतिदेवी सहनीको मृत्यु भएको छ । 

आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यसैगरी, बारा जिल्ला सिहर्वा गाविस–९ नैतन बस्ने मुहम्मद आलमको गोठ घरमा गए राति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । 

गाईवस्तुलाई लामखुट्टेबाट बचाउन गोठमा बालेको आगो सल्कँदा दुई वटा भैँसी, एक पाडा, एक गाई, एक बाछी र चार वटा बङ्गुर जलेर मरेको थाहा भएको छ । 

कलैयाबाट आएको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!