नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

Posted on: 11 Apr, 2017

चैत २९, धनकुटा । महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ । 

आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बस्नेत अति गर्मी भयो भन्दै साथीसँग अरुण नदीमा नुहाउन गएको परिवारको भनाइ छ । 

बस्नेत डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेको र घटनास्थल पुगेको प्रहरीले शवपरीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा पठाएको लेगुवा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बरुवालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!