ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Posted on: 27 Apr, 2017

बैशाख १४, सिन्धुली । तीनपाटन गाउँपालिका–९ आम्बोटे चिसापानीमा आम्बोटेबाट डकाहतर्फ जाँदै गरेको ना १ त ४१०८ नंको ट्याक्टर अनियन्त्रित भएर अपराह्न दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन् । 

दुर्घटनामा सो वडाका जङ्गबहादुर पौडेलको घटनास्थलमै मृत्यु भएको तथा धनबहादुर पौडेल र राकेश पौडेल गम्भीर घाइते भएकामा उपचारका लागि काठमाडाँै पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!