सगरमाथा आरोहणमा गएका सबैभन्दा बृद्ध आरोही मीनबहादुर शेरचनको निधन

Posted on: 06 May, 2017

बैशाख २३, काठमाडौं । सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बृद्धको कृतिमानी राख्न सगरमाथा आरोहणमा गर्न गएका आरोही मीनबहादुर शेरचनको निधन भएको छ ।

८६ वर्षको उमेरमा सागरमाथा आरोहणको कृतिमानी राख्न गएका शेरचनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा आधार शिविरमा निधन भएको हो । शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए । तर सबैभन्दा बृद्ध आरोहीको रुपमा उनको क्रितिमानी जापानी नागरिक युचिरो मिउराले तोडेपछी १० बर्ष पछी ८६ बर्षको उमेरमा उनि फेरी आफ्नो कृतिमानी फर्काउन आतुर थिए । 

तर, सगरमाथा आधार शिविरमै उनको निधन भएपछी शेरचनको विश्व क्रितिमानी सपना मात्र तुहिएन देशले एउटा साहसी नागरिक समेत गुमाएको छ । 

सन् २०१५ मा सगरमाथा आरोहण गर्न लागेका शेरचन त्यतिबेला भूकम्पले गर्दा पछी हटेका थिए । आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताएका थिए । उनले भनेका थिए “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।” तर ८६ बर्षको उमेरमा समेत उनले आफ्नो साहसलाई जीवन्त बनाउने प्रयास गरेपनि उनको बृद्ध अवस्थाले उनको साहसलाई साकार रुप दिन सकेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!