जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मी भित्रिए

Posted on: 06 May, 2017

नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको छ । 

चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले थप सुरक्षाकर्मि मगाएको हो । जसमा ६२ जना म्यादी प्रहरी र अरु सबै प्रहरी सुरक्षाकर्मि रहेका छन् । जुम्लाका प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुद बनाउने उदेश्यले यसअघि भर्ति गरीएका ३ सय ५३ जना म्यादी प्रहरी सहित ७ सय ५० बढि प्रहरी परिचालन गरीने भएको छ । डिएसपि गुरुविष्णु काँफ्लेका अनुसार जुम्लामा रहेका ७६ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र मध्ये अति संवेदनशिल, संवेदनशिल र सामान्य मतदान केन्द्रका रुपमा विभाजन गरि सुरक्षा व्यवस्था कडाई गर्ने योजना तयार पारिएको छ । ७६ वटा मतदान स्थल मध्ये अतिसंवेदन शिलमा ४१, संवेदनशिलमा ९ र सामान्यमा २६ मतदान स्थल विभाजन गरीएको छ । 

अतिसंवेदनशिल र संवेदनशिल मतदान केन्द्रमा सइको नेतृत्वमा प्रहरी जवान र म्यादि प्रहरी सहित १० जना बढिको टोली परिचालन हुनेछ । तर सामान्य मतदान केन्द्रमा ५ जना प्रहरी जवान र ४ जना म्यादि प्रहरी सहित अन्य टोलि परिचालन गरिने उहाले बताउनुभयो । स्थानीय तहको चुनावलाई शान्त तथा मर्यादीत रुपमा सम्पन्न गर्न र हरेक नागरीकलाइ सुरक्षाको महसुस गराउन हामि लागि परेका छौ, उहाले भन्नुभयो । निर्वाचन सफल पार्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेका ४ सय ८६ जना प्रहरी अपुग भएपछि थप प्रहरी मगाइएको हो । हामि सुरक्षा ब्यवस्थामा कुनै कमि हुन दिने छैनौ, प्रहरी निर्वाचन सफल पार्ने अन्तीम तयारीमा रहेको छ, उहाले भन्नुभयो । 

यसैबिच हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० जना र जिल्ला निर्वाचन कार्यालयमा ५ जना प्रहरीलाई सुरक्षाको लागि खटाईएको छ । भने चन्दननाथ नगरपालिका सहित ७ वटै गाउँपालिकामा ३/३ जनाको प्रहरी टोली पनि परिचालन गरिएको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!