लुक्लामा विमान दुर्घटनाः विमान धावनमार्गबाट केही तल खस्यो

Posted on: 27 May, 2017


जेठ १३, काठमाडौं । सोलखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा बिमान दुर्घटनामा परेका छ । गोमा एयरको विमान दुर्घटनामा परेपछि बिमान चालक दलका सदस्यहरुको उद्दार गरिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाले चालकको उद्दारमा कठिनाई भएको थियो । 

विमानका चालक चालक पारस राई र सहचालक श्रीजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् । तीनै जनाको उद्दार गरिएको छ । दुर्घटनामा परेका विमानमा आगलागी नभएकाले ठूलो क्षति हुन पाएन । तर, चालक राई र सहचालक मानन्धरको अवस्था भने गम्भीर छ ।

उनीहरु थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!