दैलेखमा ट्रयाक्टरबाट खसेर एकको मृत्यु

Posted on: 27 Jun, 2017

असार १४, दैलेख । दैलेखमा ट्रयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । 

सहारे खानेपानी आयोजनाका मजदुर लिएर सदरमुकामबाट भवानीका लागि छुटेको ट्रयाक्टरबाट खसेर १९ वर्षका सहचालक जयबहादुर बस्नेतको ज्यान गएको हो ।

लु १ त ५४८९ नम्वरको गुडिरहेको ट्रयाक्टरमा मोवाइलमा कुरा गरिरहेका बेला डण्डी समाएको बायाँ हात छुटेपछि सडकको भित्तामा ठोक्किएर सडकमा खसेको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!