पिताको नाममा हिमालय तारा अक्षयकोष स्थापना

Posted on: 01 Jul, 2017

पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती शर्मा पौडेल, छोरा अर्पण पौडेल, छोरी मुना शर्मा लामिछाने, दुर्गा ढकाल पौडेल, माया पौडेल, र शुभम् पौडेलले विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी वनाउन र गरिव तथा जेहेन्दार विद्यार्थीको पढाईलाई हौसला प्रदान गर्न अक्षयकोष स्थापना गरेको छोरी मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । अक्षयकोषवाट वार्षिक रुपमा आउने व्याजवाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!