ओखलढुंगामा भूकम्प गयो, सर्वसाधारणको भागाभाग

Posted on: 02 Jul, 2017

असार १८, ओखलढुंगा । ओखलढुंगा केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।

बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगाको बरुणेश्वर केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, चीतवन लगायतका ठाउँमा धक्का महशुस गरिएको थियो । सर्बसाधारणहरुको भागाभाग भएको थियो । यो २०७२ वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!