महाशिला गाउँपालिकाको बजेट रु.२० करोड ३१ लाख

Posted on: 10 Jul, 2017

पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१ लाख ५९ हजार २ सय बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जस मध्ये चालु तर्फ रु.१२ करोड ८ लाख ९८ हजार रहेको छ भने पुँजीगत तर्फ ८ करोड २२ लाख ६१ हजार २ सय रहेको छ । जसमा झण्डै २० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रमहरु संचालन गरिने भएको छ । आइतवार प्रथम गाउँ सभामा महाशिला गाउँपालिकाका उपाध्यक्ष हिरा रानाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रममा रु.१ करोड ६४ लाख ५२ हजार २ सय ४० रुपैयाको जनसहभागिता रहने उल्लेख गरिएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिनेगरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, सिंचाई जस्ता प्रत्यक्ष न्यून बर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!