मानवअधिकार एलाइन्सको १९ औं स्थापना दिवस सम्पन्न

Posted on: 13 Jul, 2017

मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसको अवसरमा पर्वत शाखाले मोदी र कालीगण्डकीको संगम मोदीवेणीमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गर्ने मानविय सेवामुलक कार्यक्रम आयोजना गरेको छ । फलफुत वितरण कार्यक्रममा बोल्दै मानवअधिकार एलाईन्स केन्द्रिय सचिव गोविन्द पहाडीले राज्यको तर्फबाट नागरिकहरुका विभिन्न अधिकारहरु हनन नहोउन, कतै हनन र उल्लघंनका घटनाहरु भएमा न्यायका लागि पहल गर्ने विभिन्न प्रकारका अभियानहरु सञ्चालन गर्ने मानवअधिकार एलाइन्सले यस वर्ष आफनो स्थापनाको सन्दर्भ पारेर वृद्धाश्रममा रहेका वृद्ध आमाहरु तथा बाबाहरुलाई फलफुल लगायतका सामाग्री वितरण गरेर प्रशंसनिय कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

भविष्यमा पनि यस्तै ओझेलमा परेका समुदायलाई राहत हुने प्रकृतिका कामहरु गर्न मानवअधिकार एलाइन्स  लगायतका संस्थाहरुको ध्यानाकर्षण समेत गर्नुभयो । एलाईन्स जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्सका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले आ आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एलाईन्स जिल्ला शाखा पर्वतकी उपाध्यक्ष नेत्रकला सुवेदीले गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!