धनेश्वरी कृषि सहकारीले ग¥र्यो उत्कृट किसान र बिद्यार्थीलाई सम्मान

Posted on: 13 Jul, 2017

सुबास लामिछाने,

बिगत २ बर्ष देखि कुश्मामा सञ्चालित धनेश्वरी कृषि सहकारीले दोस्रो बार्षिक उत्सबको अबसरमा उत्कृष्ट एक किसान र एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ बिद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा धनेश्वरी कृषि सहकारीका शेयर सदस्य बालकृष्ण शर्मा रहनुभएको छ । उहाँ बिगत लामो समयदेखि कुश्मा नगरपालिका वडा नम्बर ७ खरेयामा कृषि पेशालाई अगाल्दै आउनुभएको छ । उहालाई नगद सहित प्रशंस्सापत्रले सम्मान गरिएको हो । सो कार्यक्रमको कार्यक्रम संयोजक मोहमद नसिब मियाले गर्नुभएको थियो ।

त्यस्तै शेयर सदस्य बाटै एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई शेयर सदस्यका दुई जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शेयर सदस्य लक्ष्मी कुमारी बोगटीको छोरी आकृति केसि र दिपेन्द्र बहादुर भण्डारीको छोरा आदित भण्डारी रहेका छन् उनिहरुलाई पनि नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको हो । सो कार्यक्रमको कार्यक्रम संयोजक डम्बर गिरी रहनुभएको थियो ।

दोस्रो बर्षमा प्रबेश गरेको अबस्थामा सहकारीले गत बर्षको जस्तै यस बर्ष पनि बिभिन्न कार्यक्रम गरेको सहकारीका अध्यक्ष नबराज गिरीले बताउनुभयो । उहाले सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरु मध्येबाटै उत्कृट कृषक र उत्कृट दुई बिधार्थीहरुलाई छानेर सम्मानित गरेको बताउनुभयो ।उहाले सहकारीले पहिलो बर्षदेखि गर्दै आएको यस्तो कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिने समेत बताउनुभयो । सहकारीले बार्षिक उत्सबकै अबसर पारेर केहि समय पहिला कृषि क्षेत्रको अबलोकन साथै कृषकहरुलाई हौसला प्रदान गर्न अबलोकन भ्रमण समेत गरेर आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!